प्रहरीका ३ जना एआईजीको सरुवा « Khabarhub

प्रहरीका ३ जना एआईजीको सरुवा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहेका एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

कार्य तथा अपराध अनुसन्धान विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ । यद्यपि, उनलाई काजमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । एआईजी बस्नेत यसअघि पनि सुरक्षा परिषद सचिवालयमै काजमा थिए ।

अर्का एआईजी ठूले राई मानव स्रोत तथा प्रशासन विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ५९ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ