कुन भिटामिनले कस्तो फाइदा गर्छ ? « Khabarhub

कुन भिटामिनले कस्तो फाइदा गर्छ ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरेर हामीलाई रोगहरु लाग्नबाट बचाउँछ । हरिया सागपात तथा सबै जातका तरकारीहरुमा भिटामिन पाइन्छ ।

सबै जातका फलफूल, फुल, माछा, मासु र दूधमा पनि भिटामिन हुन्छ । भिटामिन ए,बी,सी,डी ई र के गरी विभिन्न थरीका हुन्छन् ।

विभिन्न फलफुल, सागपात तथा तरकारीमा विभिन्न थरीका भिटामिनहरु पाइन्छ । आज हामी तपाईलाई कुन भिटामिनले शरीरलाई कस्तो फाइदा गर्न भनेर जानकारी दिदैछौं ।

भिटामिन ए

–स्वस्थ आँखाको लागि,

– छालाको हेरचाहको लागि,

– शारीरिक वृद्धि विकासको लागि,

– अन्य रोगको संक्रमणबाट बचाउँन ।

भिटामीन डी

–शरीरको हड्डी बलियो पार्न,

–रिकेट्स र अन्य हड्डी सम्बिन्धी रोगबाट बचाउन,

– क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।

भिटामिन ई

–शरीर भित्रको अत्यावश्यक चिल्लोहरु बचाई राख्न,

–रातो रक्तकोष बनाउन,

–भिटामिन ए, क्यारोटीन जस्ता तत्वहरु बचाई राख्न,

–कोष, कोशिकाहरु नष्ट हुन नदिन ।

भिटामिन के

–शरीरमा चोट लाग्दा अधिक रगत शरीरबाट बग्न रोकथामका लागि,

–घाउ चाट निको पार्न,

–हड्डी बनाउन ।

भिटामिन वी

–कमजोर थकावट कम गर्न,

–रुचि बढाउन,

–स्नायु सम्बन्धी रोग हुन नदिन,

–मांशपेशी सम्बन्धी रोग लाग्न नदिन,

– स्मरण शक्ति कायम राख्न ।

भिटामिन सी

–गिजा सम्बन्धी रोग हुन नदिन,

– छाला भित्र रगतका कोशिका फुट्न नदिन,

– रक्त अल्पताको कमि गर्न,

–विभिन्न रोगबाट प्रतिरोध गर्न,

–लामो समयसम्म निरोगी रहन ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ४४ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको