कुमारी बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता « Khabarhub

कुमारी बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो ।

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत उक्त कम्पनीसँग सम्झौता भएको छ ।

सो सहमति अनुरूप कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युटी जेनेरल म्यानेजर मनिष तिमिल्सिना र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट जेनेरल म्यानेजर राजु के.सीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ५८ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक