चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : कांग्रेस नेता खाँड « Khabarhub

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : कांग्रेस नेता खाँड


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए । उनले भने, “संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।”

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

कांग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए । प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ३ : २० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ

आज २०८३ साल जेठ १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम