अनमोलसँग ‘ड्रिम्स’ मा काम गर्दा डरलाग्दो ‘बायसनेस’ थियो: साम्राज्ञी « Khabarhub

अनमोलसँग ‘ड्रिम्स’ मा काम गर्दा डरलाग्दो ‘बायसनेस’ थियो: साम्राज्ञी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मबाटै सफलताको स्वाद चाखिन् । चलचित्र ‘ड्रिम्स’ उनको डेब्यु फिल्म थियो । यो फिल्मबाट उनले राम्रो चर्चा पाए पनि शूटिङका बेलामा भने ‘बायसनेस’ भएको बताएकी छिन् ।

आफूले पहिलोपटक नै अनमोल केसीसँग होम प्रोडक्सनमा काम गर्दा निर्माण टिमले इग्नोर गरेको बताइन् ।

‘मेरो पहिलो फिल्म नै अनमोल केसीको होम प्रोडक्सनमा थियो त्यो फिल्मपछि त मैले अरु फिल्म नै नगर्ने निर्णय गरेकी थिएँ,’ साम्राज्ञीले भनिन्, ‘दर्शकले काम मन पराएपछि भने यही क्षेत्रमा केही गरौँ भन्ने लाग्यो ।’

शुरुका दिनमा आफू नयाँ भएको र सबैले अनमोललाई महत्त्व दिने तर आफूलाई मतलब नदिने गरेको उनले सुनाइन् । ‘हुन त यो क्षेत्रमा राम्रो र नराम्रो दुवै हुन्छ, अहिले भने सकारात्मक कुरालाई बढी फोकस दिइरहेकी छु,’ उनले भनिन् ।

‘पहिलो फिल्ममा गर्दा म त्यति बोल्न सक्ने खाले पनि थिइनँ, त्यतिबेला डरलाग्दै बायसनेस थियो,’ उनले दोहो¥याइन् ।

फिल्ममा अभिनय गर्दै आउँदा अहिले भने अनुभवले धेरै कुरा सिएको साम्राज्ञीको भनाइ थियो । फिल्म क्षेत्रमा सधै राम्रो गर्ने कोशिश गर्ने उनले बताइन् ।

साम्राज्ञी अभिनित फिल्म ‘मारुनी’ केही हप्ताअघि रिलिज भएको थियो । यो फिल्ममा उनले गरेको अभिनयबाट औसत प्रतिक्रिया पाइन् । आउँदो शुक्रबारबाट उनको अभिनय रहेको आठौं फिल्म ‘रातो टीका निधारमा’ रिलिज हुँदैछ ।

फिल्ममा उनले अंकित शर्मासँग जोडी बाँध्नेछिन् । यो फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ५३ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन