दुई शाखा अधिकृतसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

दुई शाखा अधिकृतसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय भक्तपुरका दुई जना शाखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोटो रकम लिएर नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरण गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतले सुन्दर अधिकारीको नाममा भारतीय सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको आरोप छ ।

नक्कली भारतीय सवारी चालक अनुमतिपत्र नेपाली करण गरेको आरोपमा तीनजना कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।

सुन्दर अधिकारीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।

अधिकारीले भारतीय सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरेका थिए । सोही आधारमा यातायात व्यवस्था कार्यलय भक्तपुरका कर्मचारीले निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार पारेका थिए ।

यसैबीच,  यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिँदै गर्दा उनीहरुलाई अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ११ बजे

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको