अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च मूल्याङ्कन हुनु नेपालको गौरव– नेता नेपाल « Khabarhub

अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च मूल्याङ्कन हुनु नेपालको गौरव– नेता नेपाल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

नेपाल आप्रो एशियाली जन एकता सङ्गठनले आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तक्र्रियामा नेता नेपालले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्वरथी बालानन्द शर्माले संयुक्त राष्ट्रसङ्घको १७ वटा मिसनमध्ये १४ मिसनमा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी खटिएको जानकारी दिए । कूटनीतिज्ञ जयराज आचार्यले संयुक्त राष्ट्रसङ्घको निर्देशनमा द्वन्द्वग्रस्त स्थानमा नेपाली सेना र प्रहरीले शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालको अन्तर्राष्ट्रिय तहमा राम्रो छवि रहेको बताए । सङ्गठनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले सुडान र हैटीमा नेपाली सुरक्षाकर्मीले राम्रो प्रभाव पार्न नसकेको बताउँदै त्यसदेखि अन्य मुलुकमा राम्रो सफलता कायम गरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : २४ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको