वायु प्रदुषणका कारण मानिसलाई आँखा सम्बन्धी समस्या देखा पर्ने गरेका छन् ।
ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा आँखा सम्बन्धी रोगका विरामीको संख्या बढ्दो छ । वायु प्रदूषणका कारण मानिसलाई आँखा बिझाउने, चिलाउने, पोल्ने समस्याले सताउने गर्छ ।
आँखा मानिसहरुको संवेदनशील अंग भएको हुँदा कुनै पनि रोग लाग्न दिनुहुँदैन । हामीले जहिले पनि बाहिरबाट आएपछि आँखालाई चिसो पानीले धुनुपर्छ । आँखा चिलाउने समस्याबाट बच्ने केही उपायहरु यस्ता छन्–
– चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।
– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।
–आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।
– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।
– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।
प्रतिक्रिया