दुई तिहाइको सरकार नै महाभ्रष्टहरुको संरक्षक ! | Khabarhub Khabarhub

दुई तिहाइको सरकार नै महाभ्रष्टहरुको संरक्षक !



नेपाल जस्तो सुन्दर देशलाई राजनीतिक भ्रष्टाचारीहरुले संसारकै कुरुप देश बनाई सकेका छन् ।

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल माथि नै रहेका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवी धुमिल भएको छ । टोपी लगाउने नेपाली विश्वको जुन कुनामा पुगेपनि भ्रष्टाचारीको देशको नागरिकको पहिचान बनाउनु पर्ने अवस्था छ ।

देशको सत्तामा बस्दै आएका महाभ्रष्टहरुले राजनीतिक सत्ताको आडमा जघन्य प्रकृतिका भ्रष्टाचार गर्दै आएका छन् ।

भ्रष्टारीहरुलाई सत्तामा बसेका महाभ्रष्टाचारीहरुले निरन्तर रुपमा संरक्षण दिँदै आएकै कारणले आज नेपाल नेपालीहरुकै स्वाभिमानीका कारणले होइन, भ्रष्टाचारीहरुकै कारणले एउटा बदनाम र साँस्कृतिक रुपमै एउटा बदनाम र कुरुप देशको रुपमा चित्रित बन्न पुगेको छ ।

नेपाली जनताको लागि, नेपाल राष्ट्रको लागि यो भन्दा बढता विडम्बना अरु के हुन सक्छ र !

पञ्चहरु भ्रष्ट थिए , निरंकुश थिए, तानाशाही थिए, अधिनायकवादीहरु थिए, निर्दलीय भ्रष्ट थिए । त्यही भएर नेपाली जनताले ३० बर्षसम्म जीवन मरणको लडाइँ लडेर २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थालाई फ्याँकेर प्रजातान्त्रिक भनिएको बहुदलीय व्यवस्थाको पुनःस्थापना गरे । यो व्यवस्था ल्याउनका निम्ति धेरै नेपालीहरुले जीवनको आहुति दिए ।

कैयौं नेपाली महिलाहरुको सिउदोको सिंदुर पुछियो ।सैयौ बावुआामाहरुको काख रित्तपयो । कैयौं बालबालिकाहरु टुहुरा टुहुरी बन्न बाध्य भए ।

२०४६/ २०४७ देखि यता आएर नेपाली कांग्रेस , तत्कालीन एमाले , माले र २०६३/६२ को १९ दिने ऐतिहासिक जनआन्दोलन पश्चात भूपू माओवादीहरु आलो पालो गर्दै शासन सत्ता चलाउन पुगे ।

अहिले नेपालमा कम्युनिस्टहरुको दुई तिहाइको सरकार छ भनिएको छ र त्यही नामधारी कम्युनिस्टहरुको दुई तिहाइ सरकार नै नेपालका महाभ्रष्टहरुको संरक्षक बन्न पुगेको छ

यी नामधारी कांग्रेस र नामधारी ठग कम्युनिस्टहरुले पञ्चहरुलाई समेत माथमार्दै मुलुकलाई भ्रष्टाचारको रसातलमा पुर्‍याए । यी कांग्रेस – कम्युनिस्ट नामका भ्रष्टहरुले नेपाललाई विश्वमा बदनाम देशको परिचय गराउन पुगे ।

२०४६/४७ सालदेखि यता आजसम्म कांग्रेस र कम्युनिस्टहरुले सल्लाह गरेर समझदारी गरेर राजनीतिक रुपमा भ्रष्टाचार गर्दै आएर आजसम्म पनि नेपाललाई एउटा मगन्ते देशको रुपमा चिनाउन लाज शरम मानिरहेका छैनन् ।

चप्पल किनेर लगाउन नसक्ने कांग्रेस – कम्युनिस्टका नेता कार्यकर्ताहरु आज रातारात करोडपति , खरबपति बनिरहेका छन् ।

हिजो भ्रष्टाचारीहरु भनेर १० वर्षे जनयुद्धको बेला कांग्रेस र एमालेका भ्रष्टहरुको टाउको काट्दै हिँड्ने माओवादीका नेता कार्यकर्ताहरू आज कांग्रेस र भूपू एमालेका भ्रष्टहरुलाई उछिनेर महाभ्रष्ट बन्न पुगेका छन् । उनीहरू आज करोडपति अरबपति बन्न पुगेका छन् ।

अहिले नेपालमा कम्युनिस्टहरुको दुई तिहाइको सरकार छ भनिएको छ र त्यही नामधारी कम्युनिस्टहरुको दुई तिहाइ सरकार नै नेपालका महाभ्रष्टहरुको संरक्षक बन्न पुगेको छ ।

यिनिहरुलाई नेपाली जनताले मात्र महाभ्रष्टचारी भनिरहेका छैनन् । भर्खरै मात्र नेपालको दुई दिने राजकीय भ्रमणमा नेपालमा आएका बखत सत्तारुढ डब्बल नेकपाको सचिवालयका नेताहरूलाई सामुहिक भेट गर्नेक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ” तिमीहरूले विलासी जीवन त्यागेर साधारण जीवन शैली अप्ननाऊ ” भनेर निर्देशन दिएका थिए ।

नेपाली जनताको लागि यो भन्दा लजास्पद विषय के हुन्छ र ? अर्को देशको नता आएर तिमीहरू महाभ्रष्ट भएका रहेछौं यो वानी व्यहोरा त्याग भनेर उर्दी दिनु पर्दा ।

राजनीतिक नेताहरू मात्र महाभ्रष्टाचारी नभएर कर्मचारीतन्त्र , पुलिस, जंगिअड्डा समेत त्यत्तिकै भ्रष्ट छ ।

आलो पालो गरि सत्ता सञ्चालन गर्ने कांग्रेस, नामधारी कम्युनिस्टहरु भ्रष्ट कर्मचारी तन्त्रबाट नेपाल मौलाएको भ्रष्टाचारलाई निर्मुल गर्न सम्भव छैन ।

यही भ्रष्ट कर्मचारीतन्त्रले नै राजनीतिक दलका नेताहरुलाई महाभ्रष्ट बन्न सहयोग गरेर आफ्नो दुनो सोझ्याउने र राजनीतिक नेताहरु , सत्तामा बस्नेहरु र भ्रष्ट कर्मचारीहरु मिलेर नै नेपाललाई लुटिरहेका छन् ।

यिनीहरूले नै नेपाललाई लुटेराहरुको देश बनाइरहेका छन् ।

आज यहाँका भ्रष्ट नेताहरू र भ्रष्ट कर्मचारीहरुलले नेपाललाई भ्रष्टाचार गर्ने लैने गाई बनाई रहेका छन् ।

यो कुरा साँचो हो कि यी आलो पालो गरि सत्ता सञ्चालन गर्ने कांग्रेस, नामधारी कम्युनिस्टहरु भ्रष्ट कर्मचारी तन्त्रबाट नेपाल मौलाएको भ्रष्टाचारलाई निर्मुल गर्न सम्भव छैन ।

त्यसो भएर यहाँ राजनीतिक पार्टीहरु, नागरिक समाज , विभिन्न जातीय संगठनहरु , लेखक / पत्रकार , मानवअधिकार सम्बन्धि सम्पूर्ण संघ – संस्थाहरु , महिला, पिछडिएका क्षेत्रका प्रतिनिधिहरु आदिवासीजनजाति , देशभक्त , जनवादी तथा प्रगतिशील शक्तिहरु आदिको प्रतिनिधित्व रहेको विशाल गोलमेच सम्मेलनको आयोजना आवश्यक भएको छ ।

२०४६/२०४७ यतादेखि यताका संसद सदस्यहरु सभाषदहरु सरकार सञ्चालन गरेर गएका मन्त्री, प्रधानमन्त्रीहरु , राजनीतिक नियुक्ति पाएका ब्यक्तिहरु , कर्मचारीहरु, पुलिस र जंगिअड्डाका हाकिमहरु सबको एक एक सम्पत्ति छानवीन गर्ने , राजनीतिक शक्तिको आडमा सत्ताको आडमा भ्रष्टाचार गरेर आर्जेको अकूत सम्पत्ति छानवीन गर्ने र तिनीहरूलाई जनस्तरबाटै नंग्याउने र नेपाली समाजबाट विस्थापित गरेर सुसभ्य र सुसंस्कृत नेपाली नेपाली समाजक‍ो निर्माण गर्न गोलमेच सभाको आयोजना गर्न अत्यावश्यक छ ।

यो बाटो अवलम्बन नगरी नेपालमा नेपालमा भ्रष्टाचारको अन्त्यको विषय त धेरै टाढाको कुरा हो , भ्रष्टाचारको न्यूनिकरण गर्न सम्म पनि संभव छैन । चेतना भया ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ०३ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।