सरकारको निर्देशनपछि पनि लगानी फिर्ता गर्न अटेर गर्दै उत्तर कोरिया | Khabarhub Khabarhub

सरकारको निर्देशनपछि पनि लगानी फिर्ता गर्न अटेर गर्दै उत्तर कोरिया



काठमाडौं– नेपालमा गरेको सम्पूर्ण लगानि फिर्ता गरी व्यवसाय बन्द गर्न नेपाल सरकारले पटक–पटक पत्राचार गरेपनि उत्तरकोरियाली लगानी अझै पूर्ण रुपमा फिर्ता हुन सकेको छैन ।

उद्योग विभागले लगानी फिर्ता लैजान भन्दै तीन पटक पत्राचार गरिसक्दा पनि उत्तरकोरियालीहरुले लगानी फिर्ता लैजाने विषयमा अनाकानी गरिरहेका छन् । काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलको माथिल्लो तलामा रहेको बोतोङगाङ रेष्टुरेण्ट एण्ड बार अझै सञ्चालन भइरहेको छ ।

विभाग स्रोतका अनुसार अहिले त्यो रेष्टुरेण्टमा १४ जना उत्तरकोरियाली नागरिकहरुले अबैध रुपमा काम गरिहेका छन् । उक्त रेष्टुरेण्टमा केही दिन अघिसम्म १७ जना उत्तरकोरियाली नागरिकहरु रहेका थिए । त्यहाँ कार्यरत तीन जना कामदारको भिसाको म्याद नवीकरण नभएपछि उनीहरु भने नेपाल छाडेर हिँडिसकेका छन् ।

दरबारमार्गस्थित राइजिङ मलको माथिल्लो तलामा रहेको बोतोङगाङ रेष्टुरेण्ट एण्ड बार

उद्योग विभागले गरेको पत्राचार अनुसार अक्टोबरको अन्तिम सातासम्म उनीहरुले व्यवसाय बन्द गरिसक्नुपर्नेछ । विभागका निर्देशक प्रेमप्रसाद लुईटेलले उत्तर कोरियाली व्यवसाय बन्द गर्न पत्राचार गरिएको बताए ।

‘संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका कारण नेपालमा रहेका उत्तरकोरियन लगानीका व्यवसाय बन्द गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको हो’ निर्देशक लुईटेलले भने ।

निर्देशक लुईटेलका अनुसार गत साउन १५ गते व्यवसाय बन्द गर्न भन्दै पहिलोपटक उत्तरकोरियालीरुलाई पत्राचार गरिएको थियो । त्यसपछि पुनः भदौ २४ गते पत्राचार गरियो । यो बीचमा केही व्यवसायहरु बन्द भएपनि सबै व्यवसाय पूर्णरुपमा बन्द नभएका कारण असोज ३० गते तेस्रो पटक पत्राचार गरिएको थियो ।

विभागले दिएको समय सिमा सकिन करिव एकसाता मात्र बाँकी रहँदा बोताङगाङ रेष्टुरेण्ट एण्ड बार भने बन्द हुन सकेको छैन । सरकारको निर्देशन अनुसार उत्तरकोरियाली नागरिकहरुले जसरी पनि रेष्टुरेण्ट बन्द गरेर हिँड्नुपर्ने निर्देशक लुईटेल बताउँछन् ।

नेपालमा अबैध रुपमा भइरहेका उत्तरकोरियाली गतिविधिलाई प्रहरीले पनि शुक्ष्म रुपमा निगरानी गरिरहेको जनाएको छ । यस्ता गतिविधि रोक्नका लागि सरकारले तोकेको समय सीमासम्म कुर्ने र समयसीमा नाघेमा आवश्यक कारवाहीमा उत्रने तयारीमा प्रहरी रहेको छ ।

आइटी कम्पनिदेखि अस्पतालसम्म बन्द

उत्तर कोरियालीले नेपाली भूमिमा अवैध गतिविधि सञ्चालन गरिरहेको विषयमा खबरहबले पटक–पटक समाचार प्रकाशन गर्दै आएको छ ।

खबरहवको खोजी समाचार श्रृंखलामा उत्तर कोरियालीहरुले नेपालमा बसेर ह्याकिङ गरिरहेको, विभिन्न व्यवसाय चलाएको लगायत विभिन्न अवैध गतिविधिको स–प्रमाण खुलासा गरेपछि सरकारी निकायको ध्यानाकृष्ट भएको थियो ।

नेपाली भूमि प्रयोग गरेर उत्तर कोरियालीहरुले ह्याकिङ गरिरहेको समाचार प्रकाशित हुँदा सरकारी टोलीले छानविन शुरु गर्न नपाउँदै उत्तर कोरियाली ह्याकरहरु आफू बसेको घर नै खाली गरेर भागेका थिए ।

उत्तर कोरियालीमाथि सरकारले निगरानी बढाउने थालेपछि नेपाली साझेदारहरु पनि उनीहरुको सम्पर्कबाट विच्छेद भएका थिए । पछि उत्तर कोरियालीहरुले दर्ता गरेर सञ्चालन गरेका आईटी सम्बन्धी ३ वटा कम्पनी नै बन्द भएका थिए ।

‘ने कोर्यो’ अस्पताल

खबरहबकै समाचार प्रभावले सरकारी निकायले अनुगमन गर्दा तनहुँको दमौलीमा सञ्चालन भइरहेको ‘ने कोर्यो’ अस्पतालमा कार्यरत चिकित्सहरुले विना श्रम स्वीकृति नै काम गरिरहेको पुष्टि भएको थियो ।

पर्यटक भिसामा आएर ने कोर्यो अस्पतालमा काम गरिरहेका डाक्टरहरुलाई राख्न उत्तर कोरियाली दूतावासले राजनीतिक लबिङ गरेपनि गुणस्तरको प्रश्न उठाउँदै मेडिकल काउन्सिलले सेवा बन्द गर्न पत्र काटेको थियो ।

अस्पतालले गुणस्तहीन सेवा दिइरहेको र अवैध रुपमा काम गरेको पुष्टि भएसँगै अन्ततः अस्पताल नै बन्द भएको हो । स्रोतका अनुसार अहिले पनि न्यो कोर्यो अस्पतालमा काम गर्ने तीन जना चिकित्सक नेपालमा नै छन् । त्यस्तै, कैलालीस्थित सेफर अस्पतालमा रहेका उत्तर कोरियन चिकित्सक पनि नेपाल छाडेर हिंडिसकेका छन् ।

उद्योग विभागको तथ्यांकअनुसार उत्तर कोरियाली नागरिकको लगानीमा नेपालमा ९ वटा उद्योग तथा व्यवसाय सञ्चालित थिए । जसमध्ये ५ वटा रेष्टुरेन्ट थिए । रेस्टुरेन्टका अतिरिक्त अस्पताल र सफ्टवेयर कम्पनीमा उत्तर कोरियाली नागरिकको लगानी रहेको थियो । अहिले राइजिङ मलमा रहेको रेष्टुरेण्ट बाहेक अन्य सबै रेष्टुरेण्ट बन्द भइसकेका छन् ।

पुनः व्यवसाय चलाउने तयारीमा उत्तरकोरियन

सरकाले समय सीमा तोकेर नेपालमा रहेका सम्पूर्ण लगानी फिर्ता गर्न पत्राचार गरेसँगै उत्तरकोरियनहरु नयाँ खेलमा लागेको बुझिएको छ । स्रोतका अनुसार अक्टोबर अन्तिम सातासम्म नेपालमा गरिएका उत्तर कोरियाली लगानीहरु बन्द भएपनि नोभेम्बरबाट पुनः नेपाल आएर व्यवसाय गर्ने प्रक्रिया उनीहरुले अघि बढाएका छन् । सरकार भने उनीहरुलाई पुनः व्यवसाय गर्न दिने पक्षमा नरहेको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस्

उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारले गर्‍यो पुनः पत्राचार

नेपालमा उत्तर कोरियाली सक्रियताको अन्तर्कथा

अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय

अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा

रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा

नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २९ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा