आलोपालो प्रधानन्त्रीका विषयमा सहमति भएको छैन– पोखरेल « Khabarhub

आलोपालो प्रधानन्त्रीका विषयमा सहमति भएको छैन– पोखरेल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कार्यवाहक प्रधानन्त्री ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा पार्टीमा सहमति नभएको दाबी गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेलामा गरिएको आलोपालो सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेको बेला पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शुक्रवार विराटनगरमा पत्रकारहरुसँग कुरागर्दै कार्यवाहक प्रधानन्त्री पोखरेलले आलोपालो प्रधानन्त्री बन्ने विषयमा कुनै संस्थागत सहमति नभएको बताएका हुन् ।

‘सहमतिकै आधारमा पार्टी चलिरहेको छ र सहमति अनुसार नै दुई जना अध्यक्ष भएर पार्टी चलेको छ’ पोखरेलले भने,‘आलोपालो प्रधानन्त्री बन्ने विषयमा कुनै संस्थाथत सहमति भएको छैन ।’

उनले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको बताउँदै यसमा आँच आउने काम कसैले गर्न नहुने बताए ।

कावा प्रधानमन्त्री पोखरेलले दुई पार्टी अध्यक्षबीच नियमित वार्ता र छलफल भइरहेको हुँदा सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि विवाद नरहेको दाबी गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : ४९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु