आलोपालो प्रधानन्त्रीका विषयमा सहमति भएको छैन– पोखरेल « Khabarhub

आलोपालो प्रधानन्त्रीका विषयमा सहमति भएको छैन– पोखरेल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कार्यवाहक प्रधानन्त्री ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा पार्टीमा सहमति नभएको दाबी गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेलामा गरिएको आलोपालो सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेको बेला पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शुक्रवार विराटनगरमा पत्रकारहरुसँग कुरागर्दै कार्यवाहक प्रधानन्त्री पोखरेलले आलोपालो प्रधानन्त्री बन्ने विषयमा कुनै संस्थागत सहमति नभएको बताएका हुन् ।

‘सहमतिकै आधारमा पार्टी चलिरहेको छ र सहमति अनुसार नै दुई जना अध्यक्ष भएर पार्टी चलेको छ’ पोखरेलले भने,‘आलोपालो प्रधानन्त्री बन्ने विषयमा कुनै संस्थाथत सहमति भएको छैन ।’

उनले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको बताउँदै यसमा आँच आउने काम कसैले गर्न नहुने बताए ।

कावा प्रधानमन्त्री पोखरेलले दुई पार्टी अध्यक्षबीच नियमित वार्ता र छलफल भइरहेको हुँदा सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि विवाद नरहेको दाबी गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : ४९ बजे

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने