मध्यपहाडी चौडा पार्ने काम रोकियो « Khabarhub

मध्यपहाडी चौडा पार्ने काम रोकियो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको अक्षेते पुग्ने खण्डको खहरे नजीकैको भिरमा चौडा पार्ने भनेर जिल्ला प्रशासनमा बसेको बैठकले सडक रोकेको थियो । तर एक महीनामा आधा काम पनि नभएपछि अहिले अलपत्रै जस्तो छ । लोकमार्ग आयोजना र ठेकेदार कम्पनीले एक महीनाभित्रै काम सक्ने दाबी गरेकामा अलपत्रै छाडेको हो । काम अलपत्र परेपछि सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । पैदल यात्री हिँड्न पनि सास्ती भएको स्थानीयवासीले बताए ।

लोकमार्गको खण्ड भए पनि जिल्लाका अधिकांश बासिन्दा यो सडक भएर पश्चिमतर्फ जानुपर्छ । “सबै राम्रो बाटो हिँडे पनि सदरमुकाम आइपुग्दा जोखिम मोल्नुपर्छ”, बडिगाड–२ का कमल पौडेलले भने, “प्रशासन र नेताहरुले पनि किन चासो राख्दैनन्, बुझ्नै सकिएन ।” हरेक दिन बिहान ०७ः३० देखि ०९ः३० बजेसम्म २ घण्टा र दिउँसो १०ः३० देखि बेलुकी ५ बजेसम्म सडक बन्द गराएर सडक चौडाको काम गरिएको थियो ।

उक्त कामबाट सोचेजस्तो उपलब्धि नभएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर रामप्रसाद सुवेदीले बताए । “ठेकेदारले राम्रो काम गरेन, चाडपर्वमा जनताले झनै सास्ती पाउने भए भनेर रोकेका छौँ”, सुवेदीले भने “तिहारपछि प्रभावकारी काम गर्छौं ।”

प्रजिअ लुकबहादुर क्षेत्रीले समेत कामको गति राम्रो नदेखेपछि चाडपर्वमा जनतालाई सास्ती नदिन निर्देशन दिएपछि काम रोकिएको बताए । खहरे खण्डमा यहाँ ठूलो पहरा भएकाले अहिलेसम्म सडकको ट्र्याक मात्र छ । हिलो र पहरो भएकाले साना सवारी साधन ठोकिन्छन् ।

ठेक्का लिएको भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीका इन्जिनीयर मिहिर सिंहले भने काम एक महीनामा सक्ने दाबी गरेका थिए । अहिले भने उनीहरु काम छाडेर सम्पर्कविहीन भएका छन् । चाडपर्व मनाउन गएकाले उनीहरु तिहारपछि मात्र आउने सुवेदीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १२ : ५९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु