चाडपर्वमा नेपालीले खान्छन् दुई अर्बको स्याउ, ४० करोडको सुन्तला ! « Khabarhub

चाडपर्वमा नेपालीले खान्छन् दुई अर्बको स्याउ, ४० करोडको सुन्तला !


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि लागि विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई सुपर जोन पकेट क्षेत्र पनि घोषणा समेत गरेको छ । तर नेपालमा फलफूलको आयत भने कम गर्न सकेको छैन ।

हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, र मुस्ताङ गरी ७ जिल्ला स्याउखेतीमा आत्मनिर्भर छन् । तर अन्य जिल्लामा स्याउखेती विस्तार हुन सकेको छैन । जसकारण वर्षेनि ५ खर्बको स्याउ बाह्य मुलुकबाट नै आयत हुने गरेको छ ।

सामान्यतया फलफूल दशैंमाभन्दा तिहारमा अत्याधिक मात्रामा खपत हुन्छ । तिहारमा पूजा गर्नेदेखि भाइमसलासम्मा फलफूल प्रयोग गरिने हुँदा यसको माग बढेको पाइन्छ ।

दशैंको तुलनामा फलफूलको खपत दुई गुणाभन्दा बढी हुने गरेको व्यवसायीहरु बताउँछन् ।

बजारमा बढ्दो मागका आधारमा दोब्बर मात्रामा फलफुल विक्रि गरिरहेको कुलेश्वरस्थित फलफुल व्यापारी कौशिला चौलागाइले बताइन् ।
‘दशैंमा सोचेजस्तो व्यापार भएन’ उनले भनिन्, ‘तिहारमा चाहिँ हुन्छ भन्ने अपेक्षा राखेको छु’ ।

उनी विगत १२ वर्षदेखि कुलेश्वरमा फलफुल बेचिरहेकी छिन् । श्रीमान पनि गाडामा फुलफुल बेच्ने गरेको उनले सुनाइन् । ‘दुबैजना मिलेर फलफुलको व्यापार गरेको वर्षौ भइसक्यो’ कौशिलाले भनिन्, ‘अन्य समयमा भन्दा चाडपर्वका बेला बढी विक्री हुन्छ’ ।

नेपालमा विक्री हुने फुलफलको झण्डै ३० प्रतिशत हिस्सा मात्र नेपालमा उत्पादन हुने फलफुलको छ । बाँकी ७० प्रतिशत भारत र चीनबाट आउने गरेको व्यवसायीहरुको भनाइ छ ।

हरेक वर्ष चाडपर्वका समयमा फलफूलको आयत तीन गुणाले बढ्ने नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।
‘अन्य दिन दैनिक रुपमा ३ करोड मूल्य बराबरको फलफूल आयत हुन्छ’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने ‘दशैं तिहारमा दैनिक ९ करोड मूल्य बराबरको फलफूल आयत हुन्छ, त्यो भनेको १३ सय टन हो ।’

तिहारमा फलफूलको अभाव नहुने र मूल्य नबढ्ने घिमिरेको भनाइ छ । उनकाअनुसार सबैभन्दा बढी फलफुल छिमेकी मुलुक भारतबाट आउने गरेको छ ।

दशैंतिहारका लागि ३ अर्ब रुपैयाँको फलफूल आयत

नेपाली फलफूलको उत्पादनको माग धान्न नसकेपछि वर्षेनि आयत भइरहेको छ । तिहारका लागि आर्थिक वर्षको सुरुका तीन महिना असार, साउन र भदौमा फलफूल आयत हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष दशैं र तिहारका लागि ३ अर्ब २० करोड ७६ लाख मूल्यको फलफूल आयत भएको छ ।

विभागका अनुसार चाड पर्वका लागि यसवर्ष केरा ३९ करोड ७६ लाख, अम्बा–आँप ३२ करोड ५९ लाख, सुन्तला ४० करोड ४७ लाख, कागती ३८ करोड ६६ लाख अंगुर ३५ लाख ६८ हजार र स्याउ १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको आयत भएको छ ।

वार्षिक १३ अर्बको फलफूल आयत 

भन्सार विभागको तथ्याङ्कअनुसार नेपाली बजारमा फलफूलको खपत वर्षेनि बढ्दै गइरहेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्क हेर्दा १३ अर्ब २८ करोड ४९ लाखको फलफूल विदेशबाट आयत भएको छ ।  आयत हुने फलफुलमा केरा, आँप, अंगुर, स्याउ, सुन्तला, कागती तथा अमिलो फलफूल रहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १ : ५८ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल