प्यारालाइसिस भएका नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई आर्थिक सहयोग « Khabarhub

प्यारालाइसिस भएका नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई आर्थिक सहयोग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्तिमानी फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य वाईवी घलेलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वय र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाको आयोजनामा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई २ लाख नगद आर्थिक सहयोग गरिएको हो ।

घले प्यारालाइसिस भएपछि ११ बर्षदेखि अस्वस्थ छन् । उनको उपचारमा सहयोग पुगोस् भन्ने योजनाले सहयोग गरएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाका अध्यक्ष सिदार्थ विक्रम क्षेत्रीले बताए ।

क्षेत्रीले घले जस्ता पुराना ‘हिरोज’हरुको खोजि र उनीहरुको सम्मान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

तर, पुराना खेलाडी स्वास्थ्य समस्याले थला परिरहँदा सरकार र सम्बन्धीत संघहरु मौन रहँदा भने मन दुख्ने गरेको उनले गुनोसो गरे ।

‘हामी खेलाडीलाई सम्मान गर्नुपर्छ भन्ने सोच बनाइरहेका हुन्छौं । नयाँ खेलाडी भन्दा पनि पुराना हिरोजहरुलाई सहयोग गरौं भन्ने हुन्छ । तर, यस्तो अवस्थामा सहयोग गर्नु नपरोस् भन्ने लागछ,’क्षेत्रीले भने ।

सन् १९८२ देखि १९९० सम्म राष्ट्रिय टिममा रहेका ६१ वर्षीय घले एन्फाका केन्द्रीय सदस्य र एन्फा टेक्निकल डिरेक्टर रहिसकेका छन् ।

सन् १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध घलेले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
सन् १९८५ मा नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा घले मुख्य खेलाडी थिए ।
घलेले शाही वायुसेवा निगम, महेन्द्र पुलिस क्लब, आरसीटी र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  २ : ०८ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप