गाडी भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु « Khabarhub

गाडी भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ ।

अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने“केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ ।”

अहिलेसम्म सरकारले १८सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो ।

भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए । यातायात व्यवसायी महासङ्घले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो ।

पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुननसकेको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  २ : २४ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना