उपनिर्वाचनका लागि आचारसंहिता लागू, के गर्न पाइँदैन ? « Khabarhub

उपनिर्वाचनका लागि आचारसंहिता लागू, के गर्न पाइँदैन ?


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

देशका ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि हुने उपनिर्वाचनका लागि शुक्रवारबाट आचारसंहिता लागू भएको हो ।

आयोगका अनुसार आचारसंहिता उपनिर्वाचन हुने निर्वाचन क्षेत्र वा स्थानीय तहमा लागू हुनेछ । तर, जिम्मेवार पदमा रहेकाहरुकाे हकमा देशभर नै कुनै दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आचारसंहिता के छ ?

आयोगका अनुसार निर्वाचन आचारसंहिता लागू भएदेखि निर्वाचन सम्पन्न नभएसम्म ‘नयाँ कार्यक्रम गर्न नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि, पुरस्कार दिने, सरुवा, बढुवा वा काजमा पठाउने, विदेश भ्रमणमा जान नहुने र निर्वाचनसम्बन्धी जिम्मेवारी दिन नहुने’ र ‘तटस्थ र निष्पक्ष रहनु पर्ने’ उल्लेख छ ।

राजनीतिक दलको हकमा ‘निर्वाचनको अन्तिम परिणाम नआएसम्म सामान्य र विषयगत आचारणहरू लागु गरिएको छ ।

उम्मेदवारहरूको हकमा निर्वाचन मनोनयनपत्र दर्ता भएको मितिदेखि चुनावको अन्तिम परिणाम नआएसम्म ‘जुलुस, आमसभा, ‍र्‍याली, बैठक, भेला गर्दा पालना गर्नु पर्ने आचरण र सवारीसाधन प्रयोग तथा प्रचारप्रसार गर्दा पालना गर्नु पर्ने आचरणहरू लागु गरिएको छ।

आयोगका अनुसार दल तथा उम्मेदवारहरूले मोटर तथा मोटरसाइकल र्‍याली गर्न पाउने छैनन । निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यमले समेत आचारसंहिता पालना गर्नु पर्नेछ। उनीहरूले कसैको पक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ . आचारसंहिता उल्लङ्घन भए उजुरी गर्न सकिने आयोगले जनाएकाे छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ३९ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना