शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार | Khabarhub Khabarhub

शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधि शनी विश्वकर्माले जितेका छन् । ग्राण्ड फिनालेमा पुगेका चार प्रतिस्पर्धीलाई पछि पार्दै शनी पहिलो नेपाल लोक स्टार बनेका हुन् ।

ग्राण्ड फिनालेमा रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे र शनी विश्वकर्मा पुगेका थिए । पहिलो भएसँगै शनीले नगद ५० लाख रुपैयाँ जिते ।

फस्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फस्ट रनरअपको उपाधि जितेका चेतनले २५ लाख रुपैयाँ पाए भने सेकेन्ड रनरअप विजेता विनोदले १० लाख रुपैयाँ पाए ।

यस्तै ग्राण्ड फिनालेमा पुगेका अर्का प्रतियोगी रामकुमार नेपालीले ‘लिट्मस इलेक्टीफाइन पर्फमेन्स अफ द सिजन’ को उपाधि जिते । योसँगै उनले नगद रुपैयाँ २ लाख समेत हात पारे ।

‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बिबी अनुरागी थिए । लोक गायनमा पछिल्लो समय रियालिटी शो ‘नेपाल लोक स्टार’ चर्चामा थियो । यो कार्यक्रम एपीवान टेलिभिजन र युट्यबुमार्फत प्रसारण भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको