शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार « Khabarhub

शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधि शनी विश्वकर्माले जितेका छन् । ग्राण्ड फिनालेमा पुगेका चार प्रतिस्पर्धीलाई पछि पार्दै शनी पहिलो नेपाल लोक स्टार बनेका हुन् ।

ग्राण्ड फिनालेमा रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे र शनी विश्वकर्मा पुगेका थिए । पहिलो भएसँगै शनीले नगद ५० लाख रुपैयाँ जिते ।

फस्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फस्ट रनरअपको उपाधि जितेका चेतनले २५ लाख रुपैयाँ पाए भने सेकेन्ड रनरअप विजेता विनोदले १० लाख रुपैयाँ पाए ।

यस्तै ग्राण्ड फिनालेमा पुगेका अर्का प्रतियोगी रामकुमार नेपालीले ‘लिट्मस इलेक्टीफाइन पर्फमेन्स अफ द सिजन’ को उपाधि जिते । योसँगै उनले नगद रुपैयाँ २ लाख समेत हात पारे ।

‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बिबी अनुरागी थिए । लोक गायनमा पछिल्लो समय रियालिटी शो ‘नेपाल लोक स्टार’ चर्चामा थियो । यो कार्यक्रम एपीवान टेलिभिजन र युट्यबुमार्फत प्रसारण भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २३ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको