जीतको प्रतिक्षा माउरिन्होले तोड्ने ह्यारी केनको विश्वास « Khabarhub

जीतको प्रतिक्षा माउरिन्होले तोड्ने ह्यारी केनको विश्वास


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस फरवार्ड ह्यारी केनले नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबको ११ बर्षको उपाधि प्रतिक्षालाई तोड्ने विश्वास व्यक्त गरेका छन् ।

मौरिसियो पोचिटिनो बर्खास्तमा परेपछि टोटेनहमको नयाँ प्रशिक्षकमा माउरिन्होको आगमन भएको छ । उनैले शनिबार पहिलो खेलमा वेस्ट ह्यामविरुद्व ३–२ को जित दिलाएका छन् ।

पोर्चुगलका हाई प्रोफाईलका प्रशिक्षकसंग २० मुख्य उपाधि जितेको ईतिहास छ । तर सन् २००८ मा लिग कपको उपाधि जितेपछि टोटेनहमले क्लब फुटबलमा केही जित्न सकेको छैन ।

‘उनी जित्न चाहन्छन् । उनी एक प्रमाणित विजेता हुन् । मैले स्पष्ट भनिसकेको छु, म करियरको यस्तो चरणमा छु, जहाँ उपाधि जित्न चाहन्छु ।’ केनले भनेका छन् ।

‘हामी सबै जित्न चाहन्छौ । हामी जित्न चाहान्थ्यौ, जति बेला मौरिसियो यहाँ थिए । हामी जित्न चाहन्छौ, अब यहाँ माउरिन्हो छन्,’ उनले थपे, ‘तर निश्चित रुपबाट जब कसैलाई उनको जस्तो प्रतिष्ठा मिल्छ, त्यसले तपाईलाई आत्मविश्वास दिन्छ । यसले तपाईको टिमलाई आत्मविश्वास दिलाउँछ ।’

ईङ्ल्याण्ड तथा टोटेनहमका कप्तान केनले २ सय ६९ खेलमा १ सय ७५ गोल गरेका छन् । तर उनको क्लबले कुनै उपाधि जित्न सकेको छैन ।

पोचिटिनोको नेतृत्वमा क्लबले सन् २०१६–१७ को सिजन दोस्रो स्थानमा रहेर अन्त्य गरेको थियो । त्यस्तै सन् २०१४–१५ मा लिग कप र गत सिजन च्याम्पियन्स लिगको फाईनलमा हारेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ३८ बजे

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

आज २०७९ साल चैत १५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १५ गते बुधबार। ज्योतिष

सहकारी व्यवस्थापनमा सक्रिय नमोबुद्ध

काठमाडौँ – नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा

पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्छौँ : मुख्यमन्त्री गिरी

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई