जीतको प्रतिक्षा माउरिन्होले तोड्ने ह्यारी केनको विश्वास « Khabarhub

जीतको प्रतिक्षा माउरिन्होले तोड्ने ह्यारी केनको विश्वास


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस फरवार्ड ह्यारी केनले नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबको ११ बर्षको उपाधि प्रतिक्षालाई तोड्ने विश्वास व्यक्त गरेका छन् ।

मौरिसियो पोचिटिनो बर्खास्तमा परेपछि टोटेनहमको नयाँ प्रशिक्षकमा माउरिन्होको आगमन भएको छ । उनैले शनिबार पहिलो खेलमा वेस्ट ह्यामविरुद्व ३–२ को जित दिलाएका छन् ।

पोर्चुगलका हाई प्रोफाईलका प्रशिक्षकसंग २० मुख्य उपाधि जितेको ईतिहास छ । तर सन् २००८ मा लिग कपको उपाधि जितेपछि टोटेनहमले क्लब फुटबलमा केही जित्न सकेको छैन ।

‘उनी जित्न चाहन्छन् । उनी एक प्रमाणित विजेता हुन् । मैले स्पष्ट भनिसकेको छु, म करियरको यस्तो चरणमा छु, जहाँ उपाधि जित्न चाहन्छु ।’ केनले भनेका छन् ।

‘हामी सबै जित्न चाहन्छौ । हामी जित्न चाहान्थ्यौ, जति बेला मौरिसियो यहाँ थिए । हामी जित्न चाहन्छौ, अब यहाँ माउरिन्हो छन्,’ उनले थपे, ‘तर निश्चित रुपबाट जब कसैलाई उनको जस्तो प्रतिष्ठा मिल्छ, त्यसले तपाईलाई आत्मविश्वास दिन्छ । यसले तपाईको टिमलाई आत्मविश्वास दिलाउँछ ।’

ईङ्ल्याण्ड तथा टोटेनहमका कप्तान केनले २ सय ६९ खेलमा १ सय ७५ गोल गरेका छन् । तर उनको क्लबले कुनै उपाधि जित्न सकेको छैन ।

पोचिटिनोको नेतृत्वमा क्लबले सन् २०१६–१७ को सिजन दोस्रो स्थानमा रहेर अन्त्य गरेको थियो । त्यस्तै सन् २०१४–१५ मा लिग कप र गत सिजन च्याम्पियन्स लिगको फाईनलमा हारेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ३८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका