जापान अवार्ड प्रकरणले सिकाएको एउटा पाठ ! « Khabarhub

जापान अवार्ड प्रकरणले सिकाएको एउटा पाठ !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोभेम्बर २४ अर्थात् गत आइतबार जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना गरियो । यो अवार्ड कार्यक्रम आयोजना हुनुपूर्व नै विवादमा फसेको थियो । आयोजकले अवार्डका नाममा मानव तस्कर गरेको गम्भीर आरोप लागेपछि सूर्य कर्पोरेशन विवादमा फसेको थियो ।

त्यसो त विदेशमा हुने नेपाली अवार्डका कार्यक्रम विवादबाट मुक्त छैनन् । आयोजकले नेपाली कलाकार बनाएर सर्वसाधारणलाई विदेशमा लैजानका लागि कलाकारको खोल ओढेर अवार्ड वितरण गर्ने गरेको पहिलेदेखि कै मुद्दा हो । सूर्य कर्पोरेशन पनि यही आरोपमा मुछियो ।

हालै सम्पन्न भएको अवार्डमा यहाँबाट गएका कलाकार मात्र उपस्थित भएपछि नेपाली कलाकारको ‘स्तर’ र ‘स्टारडम’ मा प्रश्न उठेको छ । नेपाली कलाकारले दिनप्रतिदिन आफ्नो स्टारडम गुमाउँदै लगेका छन् । कलाकारमाथि पनि आरोप के छ भने, नेपाली कलाकारले ‘अवार्ड’ को लालचमा लागेर आफ्नो धरातल नै बिर्सेका छन् ।

जापानमा भएको अवार्ड प्रकरण पनि त्यसैको प्रतिनिधि ‘घटना’ मा हो । जापानमा रहेका नेपाली र त्यहाँ रहेका नेपाली पत्रकारले समेत ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ लाई ठाडै अस्वीकार गरिदिए । हुन त मानव तस्करजस्तो गम्भीर आरोप लागेपछि अवार्ड हेर्न दर्शक आउने कुरा पनि भएन ।

यो अवार्ड कार्यक्रम पूर्ण रुपमा असफल देखिएको छ । नेपाली कलाकार नेपाली दर्शकमाझ पनि यसरी अलोकप्रिय बन्नु भनेको सामान्यजस्तो लागे पनि निकै ठूलो दुर्घटना हो । यसले दीर्घकालीन रुपमा नै कलाकारको अहित गर्ने फिल्म विश्लेषकहरुले बताउने गरेका छन् ।

अवार्ड र विदेश घुम्न पाउने लोभमा अवार्ड हात पार्न कलाकारले जुनसुकै मूल्य चुकाउने तर फिल्ममा भने अभिनय सुधार्न नखोज्ने नेपाली कलाकारको आशक्ति पनि बडो गज्जबको छ । त्यसो त केही कलाकारले ‘अवार्ड बहिष्कार’ नै गरिसकेका छन् । उनीहरुले अवार्ड बहिष्कार गर्नुको कारण पनि अवार्डमा हुने यस्तै भाँडभैलो नै हो ।

यत्रो काण्डपछि पनि कलाकारले आफ्नो धरातल बिर्सिएर अझै ‘सस्तो’ बने भने भोलिका दिनमा अवार्डप्रति दर्शक र फिल्मकर्मीको बचेखुचेको इज्जत पनि नरहने पक्का छ । भोलिका दिनमा अवार्डजस्तो सम्माननीय कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सरोकारवालाले ध्यान दिनु नितान्त आवश्यक देखिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ५४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक