पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने « Khabarhub

पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूर–पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ ।पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ | पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ५५ बजे

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड