पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने « Khabarhub

पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूर–पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ ।पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राति: देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ | पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको