ट्रम्पमाथिको महाअभियोग प्रकरण : अनुसन्धानमा ह्वाइटहाउसका अधिकारीले पनि सहयोग गर्नुपर्ने « Khabarhub

ट्रम्पमाथिको महाअभियोग प्रकरण : अनुसन्धानमा ह्वाइटहाउसका अधिकारीले पनि सहयोग गर्नुपर्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग गर्नु पर्ने भएको छ ।

संघीय अदालतका न्यायाधीशले ह्वाइट हाउसका अधिकारीले संसद समक्ष बयान दिनु पर्ने फैसला गरेका छन् । ट्रम्प प्रशासनका अधिकारीले भइरहेको अनुसन्धानमा सहयोग गरिरहेका थिएनन् ।

अदालतको निर्देशनात्मक आदेश विशेष रुपमा ह्वाइट हाउसका पूर्व काउन्सिल डन म्यागानमा लागु हुनेछ । सन् २०१६ को चुनावमा रुसले दखल दिएको सम्बन्धमा भएको अनुसन्धानको क्रममा उनलाई सुनुवाइको लागि बोलाइएको थियो । अमेरिकी संसदले उनलाई गएको मे मा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरेका थिए ।

अब अदालतले निर्देशनात्मक आदेश जारी गरेपछि भने उनी उपस्थित हुनु पर्नेछ । तर अदालतको आदेश विरुद्ध अपिल गर्ने तयारी भएको न्याय विभागका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सन् २०१८ को अक्टोबरमा पद छोडेका डनलाई गएको मेमा संसदको न्यायीक समितिले बयानका लागि बोलाएको थियो । सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरलाई निष्कर्ष बिहीन प्रतिवेदन तयार पार्न दबाब दिएको भन्ने सम्बन्धी प्रश्नको जवाफ खोज्ने क्रममा न्यायीक समितिले बोलाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ०४ बजे

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन