वैदेशिक रोजगारी : ई-टोकन र म्यासेजिङ सेवा मंसिर १५ बाट शुरु हुने « Khabarhub

वैदेशिक रोजगारी : ई-टोकन र म्यासेजिङ सेवा मंसिर १५ बाट शुरु हुने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने कामदार र विदेशमा कार्यरत श्रमिकले ई–टोकन म्यासेजिङबाट श्रम स्वीकृतिको सेवा शुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मंसिर १५ गतेदेखि श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्ने बित्तिकै श्रम स्वीकृति लिन मिल्ने दिन र समय थाहा पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ ।

आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्मकुमार भुसालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सेवालाई थप प्रभावकारी बनाउन विभागले म्यासेजिङ प्रणालीलाई शुरु गरेको महानिर्देशक भुसालले बताए ।

आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति वा अस्वीकृत भएमा वा थप कागजात पेश गर्नु परेमा यो प्रणालीबाट मोबाइलमा म्यासेज आउने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई फारम भर्दा सहि नम्बर प्रयोग गर्न विभागले अनुरोध गरेको छ । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल