साग बिच भलिबल : स्वर्ण पदकको आश « Khabarhub

साग बिच भलिबल : स्वर्ण पदकको आश


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद(साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।

पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहनेछ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई कास्यका लागि भूटानबाहेकका छ देशले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर १९ देखि शुरु हुँदैछ ।

प्रतियोगिताको तयारीका लागि पुरुष तथा महिला नेपाली राष्ट्रिय टोली गएको असार १५ देखि प्रशिक्षणमा रहेको छ । गत असार ५ देखि ९ गतेसम्म पोखरामा छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गरेर सागका लागि खेलाडी छनोट गरिएको थियो ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाल पदक जित्नेमा दृढ देखिएको छ । सहभागी देशमध्ये श्रीलङ्का, माल्दिभ्स र भारतलाई पदकको सबैभन्दा बढी दावेदार मानिए पनि घरेलु मैदान र दर्शकको फाइदा लिँदै पहिलोपटक समावेश खेलमा स्वर्ण जितेर इतिहास रच्ने नेपालको लक्ष्य छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा १० दिनको बन्द प्रशिक्षण गरेको थियो । त्यसक्रममा त्यहाँको राष्ट्रिय टोलीसँगको चार मैत्रीपूर्ण खेलमा नेपाली टोलीले एकमा जित निकालेको थियो । नेपाली टोलीका प्रशिक्षक सुदेश रिमालले होम ग्राउन्डको फाइदा उठाउँदै स्वर्ण जित्ने गरी तयारी भइरहेको बताए ।

आफ्नै देशमा भएको प्रतियोगिताले खेलाडीको मनोवल बढेपनि प्रतियोगितास्थलमा अभ्यास गर्न नपाइएको बताउँदै उनले भने, ‘होम ग्राउन्ड र दर्शककोे हामीलाई फाइदा छ तर हामीले आफ्नै मैदानमा अभ्यास गर्न पाएका छैनौँ । एक दुई दिन भएपनि अभ्यास गर्न पाइन्छ कि ?’

आफूहरुलाई अहिले पनि खेल्ने मैदानको नै समस्या रहेको प्रशिक्षक रिमालले उल्लेख गरे । नेपाली टोलीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार तथा सञ्जय शाह र राजु विकको जोडी छ ।

महिला टोलीका प्रशिक्षक कौशिल्ला कार्की पनि खेलाडीका लागि अभ्यासस्थल तयार नभएकोमा चिन्तित छन् । एक दुई दिनमा मैदान तयार हुने जानकारी पाएको बताउँदै उनले बाँकी समयमा प्रतियोगितास्थलमा अभ्यास गरेर आफू अनूकूलको नतिजा निकाल्नेमा उनी दृढ छन् ।

ओलम्पिकमा सहभागिता जनाइसकेको श्रीलङ्का बलियो टोली रहेको बताउँदै प्रशिक्षक खत्रीले भने, ‘श्रीलङ्कामा अभ्यास गरेर उनीको सवल र दुर्वल पक्ष थाहा पाएका छौँ र प्रतियोगिताका लागि सोहीअनुसार रणनीति बनाउँछौँ ।’

महिला टोलीले श्रीलङ्कामा अभ्यास गर्दा राष्ट्रिय टिमसँगको एक मैत्रीपूर्ण खेल गुमाएको थियो । कोपिला उप्रेती र मनिषा चौधरी तथा विनिता बुढाथोकी र नेविका चौधरीको महिला टोली छ ।

नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले बिच भलिबलका लागि मैदानमा बालुवा राख्नमात्र बाँकी रहेकाले एक/दुई दिनमा अभ्यासका लागि खेलाडीलाई उपलब्ध गराइने बताए ।

तोकिएको मितिभन्दा ढिलाइ भएको स्वीकार गर्दै उनले नेपाली टोलीले अभ्यासका लागि एक साता समय पाउने उल्लेख गरे । बिच भलिबलका लागि आयोजक नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशबाट पुरुष र महिलाको दुई/दुई टोली गरी एक देशबाट आठ जनाको दरले खेलाडी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ५७ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी