राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान | Khabarhub Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (सागमा सहभागीलाई शुभकामना प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा भलिबल खेलमा एतिहासिक सफलता हासिल गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मान गरे ।

सम्मानस्वरुप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही रु तीन लाख प्राप्त गरेका छन् । एसिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही रु तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रुपमा समेत लिएको बताए । उनले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।

उनले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइहेको बताए । १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताए ।

यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई रु तीन लाख, रजत विजेतालाई रु दुई लाख तथा कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरेको थियो । त्यसैगरी युवा तथा खेलकूदमन्त्री सुनारले १३ औँ सागमा खेलाडीले उच्च मनोबलको साथ खेल मैदानमा उत्रन आग्रह गर्नुभयो । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका