२५ किलो सुन तस्करी गर्नेविरुद्ध ३० करोड बिगो दाबी गर्दै मुद्दा दर्ता « Khabarhub

२५ किलो सुन तस्करी गर्नेविरुद्ध ३० करोड बिगो दाबी गर्दै मुद्दा दर्ता


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २५ किलो सुनसहित पक्राउ परेका व्यक्तिविरुद्ध ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले विभिन्न पटक गरी अवैध रुपमा २५ किलोसम्म सुन चोरी पैठारी (तस्करी) गरी राजश्व छलि गरेको अभियोगमा तोप्के भोटेसहित ७ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले तोप्केलाई ५ किलो सुनसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको थियो ।

तोप्केमाथि थप अनुसन्धान गर्दा उनले अन्य ६ जनासँग मिलेर त्यसअघि पनि पटक पटक गरी २५ किलो सुन तस्करी गरेको भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले तोप्केका अतिरिक्त रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

उनीहरुले १५ करोड १३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सुन तस्करी गरेको विभागले जनाएको छ । सुनको मूल्य बराबर राजश्व छलि गरेको तथा विदेशी विनिमय अपचलन गरेको भन्दै विभागले उनीहरुबाट ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : २९ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज