लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल « Khabarhub

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित चुनावीसभामा उनले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए।

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उनले भने, ‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो।’

लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन नेता पौडेलले आग्रह गरे। कास्की २ मा पार्टीका तर्फबाट उम्मेदवार खेमराज पौडेल आफ्नो पनि गुरु भएको स्मरण गर्दै उनले पौडेल जस्तो इमान्दार र त्यागी नेतालाई जिताएर पठाए कास्केली जनताको इज्जत बढ्ने स्पष्ट पारे।

पार्टीका सहमहामन्त्री डा‍.प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताउँदै सरकारलाई सच्याउनका लागि पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरे।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारका असफलतालाई उजागर गरेको बताए।

सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले कांग्रेसले एकएक हिसाब गरेर बसेको बताउँदै उनले जनताका लागि यो उपनिर्वाचन सरकारले कामको मूल्याङ्कन गर्ने अवसर भएको धारणा राखे।

कार्यक्रममा कांग्रेस नेताहरू प्रदीप गिरि, धनराज गुरुङ, तारानाथ रानाभाट, सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजूलगायतले आ–आफ्ना धारणा राखे ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : ४५ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण