कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : कांग्रेस « Khabarhub

कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : कांग्रेस


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्‍याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई कांग्रेसको दृढ साथ रहने दोहोर्‍याइएको छ ।

सो विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको कांग्रेसले आरोप लगाएको छ ।

‘राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने कांग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न कांग्रेसको नेतृत्वमा देशले सफलता हासिल गर्‍यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : २० बजे

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको