बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय « Khabarhub

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता वालेन्द्र शाह पनि सहभागी भएका छन्।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी प्रस्तावित उम्मेदवार रूबीकुमारी ठाकुरलाई सघाउने निर्णय गरेको छ।

धनुषाकी २५ वर्षीय रुबीकुमारी बालेनकै जोडबलमा उपसभामुख हुन लागेकी हुन्। सभापति रवि लामिछानेले राप्रपालाई उपसभामुख दिन चाहे पनि बालेनले हर्क साम्पाङसँगको सम्बन्ध सुधार गर्दै रुबीकुमारीलाई उपसभामुखका सघाउने निर्णय गराएका हुन् ।

बालेन यसअघि रास्वपा संसदीय दलको बैठकमा एक पटक मात्रै सहभागी भएका थिए । आफूलाई दलको नेता बनाउन डाकिएको बैठकमा चैत १२ गते सहभागी भएयता बालेन सहभागी भएका थिएनन् ।

शुक्रबार सिंहदरबारमा बसिरहेको दलको बैठकमा सहभागी हुन् बालेन र गृहमन्त्री सुधन गुरुङ पनि पुगेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १ : ५१ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा