सावधान ! भुलेर पनि नहेरौं नाङ्गो आँखाले सूर्य ग्रहण, कसरी हेर्ने ? « Khabarhub

सावधान ! भुलेर पनि नहेरौं नाङ्गो आँखाले सूर्य ग्रहण, कसरी हेर्ने ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल लगायतका विभिन्न मुलुकबाट सूर्य ग्रहणको अवलोकन गर्न सकिनेछ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्दछ । खगोलविदहरुले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् ।

सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा शुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा शुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा शुरु भई ११: २७ मा सकिनेछ ।

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ ।

काठमाडौंबाट भने खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिनेछ । सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन ।

यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स–रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

सूर्य ग्रहण हेर्नको लागि विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्रअवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन ।

कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको जनाएको छ ।

त्यसैगरी सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन ।

सूर्य ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरेर मात्र ग्रहण हेर्नुपर्दछ । यसो गर्दा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी सुद्द हुने गर्दछन् ।

तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।

ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।

प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ५६ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।