आँखा दान गर्ने ७५ हजार जनाको प्रतिवद्धता, १५ हजारले पाए नयाँ दृष्टि « Khabarhub

आँखा दान गर्ने ७५ हजार जनाको प्रतिवद्धता, १५ हजारले पाए नयाँ दृष्टि


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आँखा बैंकले आँखा दान गर्नेहरुको सम्झनामा शनिवार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । नेपाल आँखा बैंकले नेपाल आँखा कार्यक्रम मार्फत मरणोपरान्त आँखाको नानी दान गर्नेहरु प्रति सामुहिक श्रद्धाञ्जली आयोजना गर्न लागेको हो ।

मानिसहरुलाई मृत्युपश्चात आँखाको नानी दान गर्न प्रेरित गर्न श्रद्धाञ्जली सभाको आयोजना गर्न लागिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले बताइन्।

‘धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।’ डा रीताले भनिन्, ‘ अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिई राखेका छौं ।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायनाले मृत्युपछि गरिने आँखा दानलाई संस्कारको रुपमा स्थापित गर्न जरुरी रहेको बताए । आँखा दानलाई संस्कारको रुपमा विकास गर्न सके धेरै दृष्टिविहिनहरुले नयाँ दृष्टि पाउने उनको भनाइ छ ।

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिनु हो । यस्तो समस्या भएर दृष्टि गुमाएकाहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर पुन दृष्टि प्रदान गर्न सकिन्छ । नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका धेरै व्यक्तिहरु आँखाको नानीको पर्खामा रहेको नेपाल आँखा बैंकले जनाएको छ ।

नेपाल आँखा बैंकमा हाल सम्म ७५ हजार भन्दा बढी दाताले मृत्यु पछि आँखाको नानी दान गर्ने प्रतिवद्धता गरिसकेका । यस्तैे झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको नेपाल आँखा बैंकले जनाएको छ ।

कसरी संकलन गरिन्छ आँखाको नानी ?

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ ।सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा आँखाको नानी प्रत्यारोपण सहज भएको थियो ।

स्थापना कालदेखि नै आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गर्दै आएको छ ।

बैंकले आँखा दानको प्रतिवद्धता गरेका मानिसको मृत्युपश्चात पशुपति आर्यघाट विद्युतीय शवदाह गृह, काठमाडौंको वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखाको नानी संकलन गर्ने गरेको छ ।

यस्तै मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ३ : २० बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल