श्वेतपत्र जारी गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गरिन्छ– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

श्वेतपत्र जारी गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गरिन्छ– उपप्रधानमन्त्री पोखरेल


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको कार्यालय मातहतमा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले ट्रस्टको सम्पत्तिको यथार्थ अवस्थासहित श्वेतपत्र जारी गरिने बताएका हुन् ।

संशोधित कानूनअनुसार प्रधानमन्त्रीबाट ट्रस्टको पदेन अध्यक्ष तोकिएका मन्त्री पोखरेलले नेपाल ट्रस्टको जग्गा तथा भौतिक संरचनाहरु लिजमा लगाउँदा कुनै अनियमितता नभएको पनि दाबी गरे ।

‘कानूनले निर्देशित गरेअनुसार नै सबैले चल्नुपर्ने हुन्छ ।
यी सबै (नेपाल ट्रस्टको सम्पत्ति लिजमा लगाउने) कामहरु पनि कानूनी हिसावले नै सम्पन्न भएका छन् । बाहिर आएका कतिपय कुरा तथ्यसंगत छैनन्,’ मन्त्री पोखरेलले भने, ‘यस सम्बन्धमा सबै व्यवस्थित संकलन गरेपछि सबै सम्पत्तिको यथार्थ स्थिति के हो विधिवत जानकारी गराउँछौं । एउटा स्वेतपत्रको रुपमा हिजो कहिलेदेखि के भयो, कसरी भयो ? अहिलेको स्थिति के हो भन्ने कुरा केही दिन भित्रै व्यवस्थित जानकारी गराउँछौं ।’

स्वर्गीय राजा वीरेन्द्र शाहसति पूर्व राजपरिवारका सदस्यका नाममा रहेको सम्पत्ति नेपाल ट्रस्ट मातहत ल्याइएको थियो । जसअनुसार नेपाल ट्रस्टको नाममा विभिन्न व्यवसायिक प्रतिष्ठान र निजी कम्पनीमा पनि शेयर रहेको मन्त्री पाखरेलले जानकारी दिए ।

‘होटेल अन्नपूर्णदेखि नविल बैंक सम्ममा यसको शेयर लगानी छ,’ मन्त्री पोखरेलले भने ।

नेपाल ट्रस्मा भएका केही कुरालाई जोडेर वर्तमान सरकारले नै गलत गरेको हो भनेर देखाउने खोजिएको भन्दै मन्त्री पाखरेलले असन्तुष्टि जनाए ।

‘यसबीचमा भएका सबै कार्यलाई एकैठाउँमा हालेर यो (सरकार) पनि त्यस्तै हो भनेर हाल्न खोजियो,’ मन्त्री पोखरेलले भने, ‘विद्वान माननीय साथीहरुले पनि सबै यथार्थ बुझ्नुभएन कि भन्ने हामीलाई परेको छ ।’

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : ०० बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल