अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुस् घरायसी प्याक | Khabarhub Khabarhub

अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुस् घरायसी प्याक


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ ।

यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । यस्ता समस्याबाट छुटकार पाउनका लागि घरयसी सामाग्रीहरुबाट सजिलो प्याक बनाउन सकिन्छ ।

प्याक १ सामग्री

एक चम्चा काँचो दूध ।
आधा चम्चा कागतीको रस ।
आधा चम्चा गोलभेँडाको रस ।
थोरै पाउरोटीको सेतो भाग ।

बनाउने विधि

दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ ।

लगाउने तरिका

रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ ।

प्याक २ सामग्री

दुई–तीन पत्ता कालो तुलसी ।
तीन–चार थोपा कागतीको रस ।
दुई थोपा मह ।
बनाउने विधि
तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् ।

लगाउने तरिका

प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ ।

प्याक ३ सामग्री

ठूलो एक चम्चा मुंग दालको पाउडर ।
सानो एक चम्चा दही ।
एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग ।
आधा चम्चा मह ।
एक चिम्टी बेसार ।
आधा भाग कागतीको रस ।

बनाउने विधि

सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् ।

लगाउने तरिका

प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४३ बजे

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र