पीपीएल क्रिकेटः उपाधिका लागि चितवन र विराटनगर भिड्ने « Khabarhub

पीपीएल क्रिकेटः उपाधिका लागि चितवन र विराटनगर भिड्ने


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा विराटनगर टाइटन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा क्रिकेट मैदानमा भएको इलिमिनेटरमा बुटबल बलनास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले चितवनसँग फाइनल भेट पक्का गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटबलले २० ओभर पूरा खेल्दै १० विकेट गुमाएर १सय४४ रन मात्रै बनाउन सक्यो ।

बुटवलले १सय४४ रन बनाउँदा भीम सार्कीले ४४ तथा अफ्ताबूदिन अहमेदले ४३ रन बनाए । यस्तै पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन जोडे।

बुटबलविरुद्ध विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३–३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

विराटनगरका सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाएका थिए ।

यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाउँदा जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन बनाएका थिए ।

बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १–१ विकेट लिए ।

लिगमा बुटवल दोस्रो स्थानमा रहदै प्ले इलिमिनेटरमा पुगेको थियो । लिगको शीर्ष स्थानमा रहेको चितवन राइनोज यसअघि नै फाइनलमा पुगिसकेको छ । अब शनिबार चितवन र विराटनगर पीपीएलको उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४९ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप