एमसीसीबारे भइरहेको बहस अनावश्यक – प्रवक्ता बाँस्कोटा « Khabarhub

एमसीसीबारे भइरहेको बहस अनावश्यक – प्रवक्ता बाँस्कोटा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन् ।

उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारे । २०१३ मै एमसीसीको कुरा शुरु भएको र इन्डोप्यासिफिकको कुरा २०१७ बाट आएको उनले बताए ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले एमसीसीबारे भइरहेको बहस अनावश्यक भएको बताए ।

‘केही राजनीतिक तुष्टिकरण होला, कसैलाई प्रष्टिकरण दिनुपर्ने होला, त्यसैले यो एमसीसीबारे अहिले बहस भइरहेको भएको हो,’ बाँस्कोटाले प्रश्न गरे‘हुँदै नभएको कुरा छ भनेर हिँड्ने कुरा सही होइन जसले प्रश्न उठाउनु भएको छ उहाँहरुले मात्र पढ्ने त होइन होला, अरुले पनि पढ्न सक्नु होला ?’

उनले एमसीसी अन्तर्गत आउने ५०० मिलियन डलर अनुदान विद्युत प्रशारण लाइन र सडक स्तरउन्नतिका लागि आउने भन्दै त्यसमा अमेरिकाको कुनै रणनीति नजोडिने दाबी गरे ।

उनले आफूहरुले अमेरिकासँग अरु इन्ट्रेस्ट नसोधेको उनको भनाइ थियो । उनले भने ‘नेपाल र अमेरिकाबीचमा जहाँ सम्झौता भएको छ । त्यसमा जे कुरा उल्लेखित भएको हो त्यो कार्यान्वयन हुने  । हामीले तिम्रा अरु के के इन्ट्रेष्ट छ ति कुरालाई पनि यही भित्र हाल न त भनेर माग गरेका पनि छैनौं ।’

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ०५ बजे

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै

चीनविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक– बाढीपहिरोले बगाएका काभ्रेका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने