एमसीसीबारे भइरहेको बहस अनावश्यक – प्रवक्ता बाँस्कोटा | Khabarhub Khabarhub

एमसीसीबारे भइरहेको बहस अनावश्यक – प्रवक्ता बाँस्कोटा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन् ।

उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारे । २०१३ मै एमसीसीको कुरा शुरु भएको र इन्डोप्यासिफिकको कुरा २०१७ बाट आएको उनले बताए ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले एमसीसीबारे भइरहेको बहस अनावश्यक भएको बताए ।

‘केही राजनीतिक तुष्टिकरण होला, कसैलाई प्रष्टिकरण दिनुपर्ने होला, त्यसैले यो एमसीसीबारे अहिले बहस भइरहेको भएको हो,’ बाँस्कोटाले प्रश्न गरे‘हुँदै नभएको कुरा छ भनेर हिँड्ने कुरा सही होइन जसले प्रश्न उठाउनु भएको छ उहाँहरुले मात्र पढ्ने त होइन होला, अरुले पनि पढ्न सक्नु होला ?’

उनले एमसीसी अन्तर्गत आउने ५०० मिलियन डलर अनुदान विद्युत प्रशारण लाइन र सडक स्तरउन्नतिका लागि आउने भन्दै त्यसमा अमेरिकाको कुनै रणनीति नजोडिने दाबी गरे ।

उनले आफूहरुले अमेरिकासँग अरु इन्ट्रेस्ट नसोधेको उनको भनाइ थियो । उनले भने ‘नेपाल र अमेरिकाबीचमा जहाँ सम्झौता भएको छ । त्यसमा जे कुरा उल्लेखित भएको हो त्यो कार्यान्वयन हुने  । हामीले तिम्रा अरु के के इन्ट्रेष्ट छ ति कुरालाई पनि यही भित्र हाल न त भनेर माग गरेका पनि छैनौं ।’

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ०५ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा