सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’ « Khabarhub

सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार सलमान खानको फिल्म ‘दबंग ३’ सय करोडमा प्रवेश गरेको छ । फिल्मले बुधवार १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो ।

पहिलो विकेन्टपछि फिल्मको कमाइमा भारी गिरावट आएको छ । यही फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउड डेब्यु गरेकी छिन् ।

फिल्मले समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ ।

बक्स अफिस इन्डियाका अनुसार यो फिल्म सलमान खानको फिल्ममध्ये सय करोड कमाउने १५ औँ फिल्म बनेको छ । ‘दबंग ३’ ले भारतमा मात्र सय करोड बढी कमाइ गरेको हो ।

यसअघि सलमानका फिल्म दबंग, किक, रेडी, दबंग २, एक था टाइगर, बडीगार्ड, प्रेम रतन धन पायो, जय हो, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, बजरंगी भाइजान, भारत र सुल्नानले सय करोडभन्दा बढी कमाइ गरेका थिए ।

यद्यपि ‘दबंग ३’ ले ठीकठाक कमाइ गरेको छ । फिल्ममा किच्चा सुदीप र सोनाक्षी सिन्हाको पनि शीर्ष भूमिका छ । सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ३७ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित