कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित


१० पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

तलव, सेवासुविधामा भेदभाव भइरहेको हुँदा अस्पतालमा कार्यरत २२९ कर्मचारीलाई स्थायी गर्न माग गर्दै कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।

प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस सम्बन्धी प्रस्ताव यही पुस १४ गते बस्ने सिनेटको बैठकमा लैजान माग गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, “कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर र सम्पत्ति मानिने प्रतिष्ठानमा लामो समयदेखि कार्यरत करारका कर्मचारीलाई स्थायी गरिनुपर्ने र यस सम्बन्धी प्रस्ताव यही पुस १४ गते बस्ने सिनेट बैठकमा लैजान अनुरोध गरेको छ ।”

यो विषयमा सुनुवाइ नभएमा यही पुस ११ गतेबाट नै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिष्ठानको नियमावली २०५९ अनुसार परीक्षा सञ्चालन गरी स्थायी गरिने व्यवस्था भए पनि बेवास्ता गर्दै प्रतिष्ठान धरापमा पार्न थालिएको कर्मचारीको गुनासो छ ।

यसअघि ८५ कर्मचारी स्थायी गरिएको भए पनि आफूहरुलाई विभेद गरिएको प्रतिष्ठानका कर्मचारी कविन्द्र महतले बताए । अस्पतालको सिनेट बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बताइएको छ ।

रामाकान्त उपाध्यायको संयोजकत्वमा संघर्ष समिति गठन गरेर करारका कर्मचारी आन्दोलित भएका छन् । स्थायीका लागि लोकसेवा आयोगले परीक्षा लिने परिपत्र भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ७ : २७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको