मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियस « Khabarhub

मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियस


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेको र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिए ।

उनका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् ।

थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताए । मनाङको तल्लो भेगमा समेत अधिकांश मानिसले जिल्ला छोडेका छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ४८ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल