मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियस | Khabarhub Khabarhub

मनाङको तापक्रम माइनस १० डिग्री सेल्सियस


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेको र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिए ।

उनका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् ।

थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताए । मनाङको तल्लो भेगमा समेत अधिकांश मानिसले जिल्ला छोडेका छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ४८ बजे

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा