एसएसपीसहित ३४ जना प्रहरी अधिकृतले एकैदिन अवकाश पाउँदै « Khabarhub

एसएसपीसहित ३४ जना प्रहरी अधिकृतले एकैदिन अवकाश पाउँदै


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले शुक्रबार अवकाश पाउने भएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय बिभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले शुक्रबारदेखि
अनिवार्य अवकाश पाउने भएका हुन् ।

अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी)हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द माझी, प्रहरी नायब उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, बिनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ, निर्मल लामा लगायत छन् ।

त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउदैछन् ।

शुक्रबारदेखि अवकाश पाउने एसएसपी सहित ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु