‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’ « Khabarhub

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।

केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको भन्दै सचिवालयले ध्यानाकर्षण भएको बताएको हो ।

‘..केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन’, प्रचण्डको सचिवालयले भनेको छ ।

यो विषयमा रास्वपाबाटसमेत कुराकानी नभएको प्रचण्डको सचिवालयले प्रस्ट पारेको छ । यो विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य नेताले कुरा नगरेको सचिवालयले जनाएको छ । यस्ता झुट्टा समाचारको भ्रममा नपर्नसमेत सचिवालयले अनुरोध गरेको छ । सचिवालयले थप भनेको छ, ‘यसप्रकारका असत्य र सम्बन्धित पक्षबाट पुष्टि विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ९ : ५६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष