घरेलु टोली राजस्थानविरुद्ध गेलको विष्फोटक ब्याटिङ, पञ्जावको जीत « Khabarhub

घरेलु टोली राजस्थानविरुद्ध गेलको विष्फोटक ब्याटिङ, पञ्जावको जीत


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेष्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट ब्याटिङ गर्दा किङ्स ११ पञ्जावले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद् सुरुआत गरेको छ ।
सोमबार राजस्थान रोयल्सको घरेलु मैदानमा रोयल्सलाई १४ रनले पराजित गर्दै पञ्जावले यो सिजनको पहिलो खेललमा जीत हासिल गर्दा गेलले ७९ रनको योगदान दिएका थिए । त्यस्तै, टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानलाई १ सय ७० रन रोक्न पञ्जावका बलर साम कुरान, अङ्कीत राजपुत र मुजेव उर रहमानले पनि उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो खेलमा पराजित भएको राजस्थानका लागि जोस बट्लरले अर्धशतक प्रहार गर्दा पनि टोलीको जीतका लागि प्रयाप्त हुन सकेन । ६९ रन बनाएका बट्लरले १० चौका र २ छक्का प्रहार गरे । यस्तै, राजस्थानका लागि अन्य ब्याट्सम्यान सञ्जु सिमसनले ३० रन, अजान्के राहाणेले २७ रन र स्टेभन स्मिथले २० रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
राजस्थानविरुद्ध पञ्जावका साम कुरान, अङ्कीत राजपुत र मुजेव उर रहमानले उत्कृष्ट बलिङ गर्दै घरेलु टोलीको ब्याटिङ धरानपमा पारे । जसमा कुरान, राजपुत र रहमानले समान २—२ विकेट र रविचन्द्र आसविनले एक विकेट लिएका थिए ।
यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० ओभर पुुरा खेल्दै ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । पञ्जावपका लागि अर्धशतक बनाएका गेलले टि—२० खेलमा ४ हजार रन पुरा गरेका छन् ।
उनले अर्धशतकसहित ७९ रन बनाएका थिए । जसमा उनले ८ चौका र ४ छक्का प्रहार गर्दै राजस्थानका लागि चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्न योगदान दिएका थिए ।
यस्तै, पञ्जावका लागि सर्फराज खानले ४६ रन बनाए भने मायाङ्क अग्रवालले २२ रन बनाएका थिए । पञ्जावविरुद्ध राजस्थानका वेन स्टोक्सले २ तथा धवल कलकर्णी र कृष्णप्पा गोथामले समान एक—एक विकेट लिएका थिए ।
आजको खेलमा अर्धशतकसहितको ७९ रन बनाएका गेल प्लेयर अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ५३ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?