थारु समुदायको पहिरनमा बेहुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरका ७ तस्वीर « Khabarhub

थारु समुदायको पहिरनमा बेहुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरका ७ तस्वीर


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्‍त्री बिना मगर बेला बेला आफ्नो गृहजिल्ला जाने गर्छिन । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही व्यस्त रहेकी उनी आफ्नो क्षेत्रका जनता र मतदातासँग समयमिल्नेसम्म भेटघाटका लागि पुग्ने गरेकी छने ।

गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गर्ने कार्यक्रममा प्राय: उनी छुट्दिनन् । पछिल्लो समय सोमबार उनी कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगिन । थारु पहिरनमा बेलुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरले नै कार्यक्रमको प्रमुख आकर्षण बनिन।

खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले यो पहिरन लगाएको मन्त्री मगरले बताइन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान ( गार्डेन ) को शिलान्यास गरिन्। कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ ।

उनले कञ्चनपुरको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताइन् । बाटो घाटो, पुल पुलेसा तथा खानेपानी लगायत पूर्वाधारको संरचना विकासका लागि आफूले काम गरिरहेको उनको भनाई छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : ५८ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी