थारु समुदायको पहिरनमा बेहुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरका ७ तस्वीर « Khabarhub

थारु समुदायको पहिरनमा बेहुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरका ७ तस्वीर


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्‍त्री बिना मगर बेला बेला आफ्नो गृहजिल्ला जाने गर्छिन । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही व्यस्त रहेकी उनी आफ्नो क्षेत्रका जनता र मतदातासँग समयमिल्नेसम्म भेटघाटका लागि पुग्ने गरेकी छने ।

गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गर्ने कार्यक्रममा प्राय: उनी छुट्दिनन् । पछिल्लो समय सोमबार उनी कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगिन । थारु पहिरनमा बेलुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरले नै कार्यक्रमको प्रमुख आकर्षण बनिन।

खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले यो पहिरन लगाएको मन्त्री मगरले बताइन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान ( गार्डेन ) को शिलान्यास गरिन्। कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ ।

उनले कञ्चनपुरको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताइन् । बाटो घाटो, पुल पुलेसा तथा खानेपानी लगायत पूर्वाधारको संरचना विकासका लागि आफूले काम गरिरहेको उनको भनाई छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : ५८ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै