स्वास्थ्य परीक्षण गराउने मेडिकल खुल्ला प्रतिस्पर्धाबाट छानिने « Khabarhub

स्वास्थ्य परीक्षण गराउने मेडिकल खुल्ला प्रतिस्पर्धाबाट छानिने


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्था खुल्ला प्रतिस्प्रधाबाट छनोट गर्ने भएको छ ।

गत जेठ महिनामा श्रम मन्त्री गोकण विष्टले मलेसिया रोजगारीमा जाने कामदारमाथि स्वास्थ्य परीक्षणका नाममा बढी रकम उठाउदै आएका ३९ वटा मेडिकल खारेज गर्न निर्णय गरेका थिए । उक्त निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने प्रक्रिया नै बन्द छ ।

नेपाल र मलेसिया सरकारबीच गत कात्तिकमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सम्झौता भएको ४ महिनापछि मलेसियाले नेपालबाट श्रमिक आपूर्ति गर्दा आवश्यक पर्ने स्वास्थ्य परीक्षणको नयाँ मापदण्डसहित पत्रचार गरेको थियो । सोही अनुसार नयाँ स्वास्थ्य मेडिकल संस्था छनोट गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले छिटै सूचना प्रकाशन गरेर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्था छनोटका लागि आह्वान गर्ने जानकारी दिएको छ । सूचना प्रकाशित गरेपछि सरकारले बनाएको मापदण्डभित्र पर्ने स्वास्थ्य संस्था छनोट हुनेछन् ।

मलेसिया र नेपालबीच भएको श्रम सम्झौतामा उल्लेख भएअनुसार नै मलेसिया सरकारले स्वास्थ्य परीक्षण गर्ने नयाँ संरचनासहितको मापदण्ड पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

श्रम सम्झौताको ६ नम्बर बुँदामा मलेसियाले नेपालबाट श्रमिक आपूर्ति गर्दा स्वास्थ्य परीक्षण, सुविधा, उपकरणसहित स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमतिअनुसार मलेसियाले स्वास्थ्य परिक्षणका लागि मापदण्ड पठाएको सहसचिव डा.घिमिरेले बताए ।

उनले भने, ‘नेपाल सरकारले मलेसिया सरकारसँगको परामर्शमा सरकारी अस्पतालसहितका सेवा प्रदायकको सूचीकरण गर्ने प्रस्ताव गरेको थियो । नेपालले गरेको प्रस्ताव जस्तै मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि मापदण्ड पठाएको छ । पहिलो जस्तो सीमित मेडिकल संस्थालेमात्र स्वास्थ्य परीक्षण गराउन पाउदैन । अब, खुल्ला प्रतिस्पधाबाट मेडिकल छनोट गरिन्छ ।’

खुल्ला प्रतिस्पर्धामार्फत जति पनि मेडिकल संस्था छनोट हुन्छ ती मेडिकलले नेपाल सरकारले तोकेको शुल्क लिएर स्वास्थ्य परिक्षण गराउन पर्ने उनको भनाई छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्या परीक्षण गराउने उपकरण भएको स्वास्थ्य मेडिकल मात्र छनोट गरिने मन्त्रालयले जानकारी दिएको छ ।

यो भन्दा अगाडी वैदेशिक रोजगारीमा जाने कामदारका हकमा मुटुको परीक्षण गरिदैन थियो, अब भने प्रत्येक मेडिकल संस्थामा मुटु परिक्षण र दक्ष डक्टर राखेर मात्र स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ ।

विगत ४ वर्षयता बायोेमेट्रिक, भिएलएन, ओएससी, माइग्राम र वन स्टप सेन्टरले विभिन्न शीर्षकमा मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म असुल्दै आएका थिए । अब भने मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षण तथा अन्य शीर्षकमा ४ हजार ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने पर्छ । पहिलाको तुलनामा अब भने मलेसिया जाने कामदारको १३ हजार रुपँयौ बचत हुने भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ४७ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट