नेपालमाथि कुवेतको संघर्षपूर्ण जित « Khabarhub

नेपालमाथि कुवेतको संघर्षपूर्ण जित


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वीडिस नागरिक योहान कालिनले नेपाली फुटबल टोलीको नेतृत्व गर्दै खेलेका दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल एकमा हार र एक बराबरी खेलेको छ । सोमबार राति घरेलु टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएपछि एक हार बेहोरेको थियो । यसअघिको पहिलो खेलमा नेपाली टोलीले गोलरहित बराबरी खेलेको थियो ।

अल शबब स्टेडियममा भएको दोस्रो खेलमा नेपाल कुवेतसँग १—० गोल अन्तरले पराजित भयो । खेलको सुरुआती अग्रता बनाएको कुवेतविरुद्ध नेपालले गोल फर्काउन नसक्दा पराजित भएको हो । कुवेतका लागि खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत् युसुफ नासिरले गोल गर्दै टोलीलाई जीत दिलाए ।

पहिलो खेल बराबरी खेलेका नेपालले दास्रो खेलमा कुवेतलाई रोक्न नसक्दा पराजित भएको हो । नेपालले कुवेत र मलेसियासंगको मैत्रीपूर्ण खेल खेल्ने बताइएपनि फिफाले अनुमति नदिएपछि नेपालले कुवेतसँग २ मैत्रिपूर्ण खेल खेलेको हो । कुवेतविरुद्धको मैत्रिपूर्ण खेलमा टोलीका नियमित खेलाडीहरु एएफसी यु—२३ च्याम्पियनसिप छनोट खेल्न कतार जाँदा राष्ट्रिय टोलीबाट ६ जना नयाँ खेलाडीले डेब्यु अवसर पाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी