रोनाल्डो घाइते भएको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेल्यो « Khabarhub

रोनाल्डो घाइते भएको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेल्यो


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा च्याम्पियनसिप छनोट अन्तरर्गतको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेलेको छ । गएराति भएको खेलमा घरेलु मैदानमा पोर्चुगलले सर्बियासँग १—१ गोल बराबरी खेलेको हो ।

३१ औं मिनेटमा चोट लागेपछि कप्तान रोनाल्डो मैदानबाट बाहिएका थिए । रोनाल्डो मैदानमै हुँदा सर्बियाले १ गोलले नेतृत्व गरिरहेको थियो । तर, विपक्षी खेलाडीले फाउल गरेपछि उनी घाइते भए ।

खेलको ७ औं मिनेटमा पाएको पेनाल्टी लाई सर्बियाका दुसान टेडिकले गोल गर्दै पोर्चुगलविरुद्ध अग्रता दिलाएका हुन् ।

सर्बियाविरुद्ध शुरुवातमै पछि परेको पोर्चुगलका लागि डानिलो पेरेइराले गोल ४२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १—१ गोलको बराबरी भएपनि पोर्चुगलले दोस्रो हाफमा गोल थप्न नसक्दा बराबरी खेलेको हो ।

पोर्चुगलले यसअघिको पहिलो खेलमा पनि युक्रेनसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५७ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको