प्रहरीको फन्दामा पर्दैछन् जनप्रतिनिधि, ७३ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीको फन्दामा पर्दैछन् जनप्रतिनिधि, ७३ जना पक्राउ



काठमाडौं–जनताले आफ्नो नेतृत्व गर्ने जिम्मा दिएर पठाएका जनप्रतिनिधि अहिले आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । धेरैले आफूले पाएको जनमतअनुसार काम गरेपनि केहीका गतिविधिले जनमतको अपमान गरिरहेको छ ।

विकासको सम्बाहक बन्दै गाउँ र मुलुकको नेतृत्व गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधि समाजले नै अपाच्य मान्ने काममा सक्रिय भएका छन् । उनीहरु बलात्कार, कोठी सञ्चालन देखि तस्करी र हत्या सम्मको आपराधिक घटनामा मुछिएका छन् ।

जनतालाई गिज्याउने जनप्रतिनिधिका बदमास

-रेशम चौधरी, कैलाली क्षेत्र नम्बर १ का सांसद्, टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा जन्मकैदको फैसला सहित जेल चलान ।
-राजीव गुरुङ उर्फ दिपक मनाङे, मनाङ प्रदेश नम्बर ४ का प्रदेश सांसद्, नाम कहिलिएका गुण्डा नाइके पृष्ठभुमीका सांसद मनाङे ज्यान मार्ने उद्योग सम्बन्धि अभियोगमा जेल बसेर पनि छुटेपछि अहिले माननीय ।
-कुन्दप्रसाद कुशवाह, रौतहटको क्षेत्र नम्बर ३ का प्रदेश सांसद्, काठ तस्करीको आरोप ।
-सियारामप्रसाद कुशवाह, रौतहटको कटहरिया नगरपालिकाका मेयर, कर्तव्य ज्यान मुद्दामा जेल चलान ।
-राजकुमार पौडेल, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष, सुन तस्करी आरोपमा मुद्दा ।
-सुनबहादुर तामाङ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष, गाउँका चेलीहरुलाई भारतमा पुर्‍याएर वेश्यावृत्तिमा लगाउँदै आरोपमा जेल चलान ।
-झकबहादुर कुमाल, तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष, बलात्कारको आरोप ।

माथि उल्लेख गरिएका नाम सार्वजनिक भएका र प्रतिनिधिमुलक उदाहरणमात्र हुन । जनप्रतिनिधिको खोल ओडेर पर्दापछाडि आपराधिक काम गर्नेको संख्या अझै धेरै छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, अहिलेसम्म ७३ जना जनप्रतिनिधिहरु विभिन्न अपराधको आरोपमा मुछिईसकेका छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार, अपराधमा मुछिने मध्ये सबैभन्दा धेरै जनप्रतिनिधी प्रदेश नम्बर ३ का १४ जना छन् । उनीहरु हत्यादेखि मानव वेचविखनको आरोपसम्म मुछिएका छन् । प्रदेश ३ बाहेक पनि अन्य सबै प्रदेशबाट कुनै न कुनै जनप्रतिनिधि अपराधमा मुछिएका छन् ।

आपराधिक क्रियाकलापमा सहभागी जनप्रतिनिधि कुन प्रदेशबाट कति ?
प्रदेश नम्बर १ – ११ जना
प्रदेश नम्बर २ – १७ जना
प्रदेश नम्बर ३ – १४ जना
प्रदेश नम्बर ४ – ५ जना
प्रदेश नम्बर ५ – ११ जना
प्रदेश नम्बर ६ – १० जना
प्रदेश नम्बर ७ – ५ जना
जम्मा – ७३ जना

स्रोतः प्रहरी प्रधान कार्यालय

एसएसपी सुवेदीका अनुसार, विभिन्न अपराधका घटनामा मुछिनेहरुमा, वडा सदस्य, स्थानीय तहका अध्यक्ष तथा सांसद् सम्म छन् । उनीहरुको संलग्नता मुर्तीचोर, सुन तस्करी हुँदै बलात्कार, मानव बेचविखन, र हत्यासम्म छ ।

प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी १४ जना झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । त्यस्तै १३ जना केही सार्वजनिक अपराधको घटनामा मुछिएका छन् भने १० जना माथि ज्यान मार्ने उद्योगको आरोप लागेको छ ।

त्यसैगरी ६ जना सरकारी छाप कीर्ते गरी आर्थिक हिनामिना गर्ने क्रियाकलापमा गर्ने तथा ५ जना जुवाको आरोपमा पक्राउ परेका छन । यसबाहेक जबरजस्ती करणी, जातीय छुवाछुत, बोक्सीको आरोप, चोरी, बैंकिङ कसुर, संगठित अपराधलगाएतको घटनामा मुछिएका छन् ।

शीर्ष नेताको शरणले समस्या बढ्यो

अहिले राजनीतिक आडमा अपराधका घटना बढ्दै गएका छन् । कुनै घटना घटे राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढ्दै गइरहेको छ । अझ पहुँचमा पुग्ने वित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोचका कारण समस्या झनै बढिरहेको छ । राजनीतिक विश्लेषक सुरेन्द्र केसी भन्छन्– ‘पहिला अपराधि आफ्नै जगबाट अपराध गर्छ, त्यहि जगको आधारमा नेताको नजिक पुग्छ । अनि मिलिभगतमा आतंक मच्चाएर राजनीति गर्छन् । यो नै अहिलेको समस्या हो ।’

केसीले ‘थ्री एम’ अर्थात मनि, माइन्ड, मसल संसदीय निर्वाचनमा अनिवार्य भएकाले चुनाव जित्नकै लागि राजनीतिक दलका नेताहरुले गुन्डा, ठेकेदारलाई साथमा लिने गरेको आरोप लगाए । पहिले साथ लिएका व्यक्तिलाई पछि व्यवस्थापन गर्न नसक्दा यस्ता घटना बढ्न थालेको केसीको बुझाई छ । उनले राजनीतिक आवरणमा हुने भ्रष्टाचार र आपराधिक गतिविधि नियन्त्रण चुनौतिको विषय भएको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १० बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०