अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस « Khabarhub

अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहोर्‍याएको छ ।

राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको यस्तो भनाई सार्वजनिक भएको हो ।

रुसी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले मुलरको प्रतिवेदन हेर्न नपाएको तर रुसले कहिल्यै पनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्नुभयो । अमेरिका समेतका कुनै पनि मुलुकका विरुद्ध रुसले हस्तक्षेप गर्दैन, र यो रुसको घोषित नीति हो, पेस्कोभले बताउनुभयो ।

अमेरिकी चुनावमा रुसले साइबर आक्रमण गरेको, चुनाव प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरेको तथा डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गरी राष्ट्रपतिका प्रमुख दाबेदार हिलारी क्लिन्टनमाथि दबाब सिर्जना गरेको आरोप छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : २७ बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना